मंगलबार थप १५ सय ५१ जनामा कोरोना, २३ सय ४० निको भए « Arthapath.com
२० आश्विन २०७७, मंगलवार

मंगलबार थप १५ सय ५१ जनामा कोरोना, २३ सय ४० निको भए



काठमाडौं । मंगलबार थप १५ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा गरिएको जाँचमा १५ सय ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित निको हुनेको संख्या २३ सय ४० जना रहेका छन । योसंगै निको हुनेको कुल संख्या ६७ हजार ५ सय ४२ पुगेको छ । देशभर २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्