संसदिय समितिले खतिवडासहित प्रस्तावित राजदूतविरुद्ध गर्यो उजुरी आह्वान, पर्ला त उजुरी ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

संसदिय समितिले खतिवडासहित प्रस्तावित राजदूतविरुद्ध गर्यो उजुरी आह्वान, पर्ला त उजुरी ?



काठमाडौं । खतिवडासहित विभिन्न देशका लागि प्रस्तावित राजदूविरुद्ध उजुरी आह्वान गरिएको । विभिन्न देशका लागि राजदूतमा सिफारिस भएका युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मा विरुद्ध उजुरी दिन आह्वान गरिएको हो ।

संघीय संसदको संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मा विरुद्ध उजुरी आह्वान गरेको हो ।

खतिवडा, रेग्मी र विश्वकर्मालाई केही दिनअघि सरकारले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि राजदूत सिफारिस गरेको थियो । समितिले उजुरीका लागि १० दिनको म्याद दिएको छ । म्याद अवधि बिहीबारबाट सुरू हुने छ ।


प्रतिक्रिया दिनुहोस्