कर्णाली प्रदेशमा मुख्यमन्त्री हटाउन खोज्ने ओलीपक्ष आउट साथदिने नेपालपक्ष इन, मन्त्रीपरिषद पुर्नगठन हुने

काठमाडौं । कर्णाली प्रदेश सरकारमा थप किचलो सुरु भएको छ । मुख्यमन्त्री शाहीले पार्टी नेता माधव नेपाल पक्षका ७ जना सांसदलाई हात लिएर पेश भएको अविश्वासको प्रश्ताव फिर्ता गराउने भएका छन । प्रदेश सरकारमा ओली पक्षका ३ मन्त्रीलाई हटाएर मुख्यमन्त्री शाहीले नेपाल पक्षका ३ जना थप्ने भएका छन ।
अन्तत अहिलेलाई मुख्यमन्त्री हटाउने पक्षमा अविश्वासको प्रश्तावमा साथ दिएका नेपाल पक्षका ७ जना सांसदले मन्त्रीपरिषद पुर्नगठनको माग गरेका थिए । मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षविच सहमति गरेपछि मुख्यमन्त्रीको धरापमा परेको कुर्सी बचेको छ ।
कर्णलाी प्रदेशमा नेकपको दुई तिहाई बहुमत रहेको छ । ४० सदस्यीय प्रदेशसभमा नेकपाका ३३ सांसद रहेका छन । सो मध्ये पुर्व माओवादीको तर्फबाट उपसभामुशसहित ३ जनाले मुख्यमन्त्र िहटाउने पक्षमा हस्ताक्षर गरेका थिए । दुई दिन लगातार छलफल गरेका मुख्यमन्त्री शाहीले अत्तत माधव नेपाल पक्षका ७ जना सांसदलाई हत लिएर ओलीपक्षलाई पेल्ने रणनिती बनाएका छन ।
नेता माधव नेपाल पक्षका चन्द्रबहादुर शाही, करवीर शाही र अमरबहादुर थापालाई मन्त्री बनाउने मुख्यमन्त्रीले तयारी गरेका छन । मन्त्रिपरिषदमा ओलीपक्षका सामाजिक विकासमन्त्री दल रावल र पर्यटनमन्त्री नन्दसिंह बुढालाई मुख्यमन्त्रीले हटाउने भएका छन ।
आफ्नै पार्टीका मुख्ष्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको थियो । सोमबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्षविच देखिएको विवाद समाधान गर्ने विषयमा छलफल भएकाृ थियो । छलफलमा ओलीले संघियतामा केन्द्रले लाद्न नहुने बताएका थिए । सहमति अनुसार नेता माधव नेपाल पक्षले २ मन्त्री, उपसभामुख र सचेतक पाउने भएको छ ।