नयाँ अर्थमन्त्री पौडेललाई सेयर बजारको रातो कार्पेट, विहीबार बजार उल्लेख्य बढ्न सकेन

काठमाडौं । नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल चयन भएपछि सेयर बजारमा हरीयाली हुने धेरैले अपेक्षा गरेका थिए । बुधबार सांझ अर्थमन्त्रीमा नियुक्त भएका पौडेलले बिहीबार सपथ ग्रहण गरि कार्यभार सम्हालीसकेका छन ।
संगोगनै मान्नुपर्छ विष्णु पौडेलले राष्ट्रती भवन शितल निवासमा सपथ लिईरहँदा सेयर कारोवार सुरु भैरहेको थियो । तर पौडेलले कार्यभार सम्हाल्दा पनि सेयर बजारमा हरीयाली छाउन सकेन ।
ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटका अनुसार बजार सामान्य बढेपनि उल्लेख्य बढ्न सकेन । लामो समय अर्थमन्त्री डा. युवराज खतिवडाको दवावमा रहेको सेयर बजार नयाँ अर्थमन्त्री विष्णु पौडेल आएपछि बजार बढ्ने धेरैले अपेक्षा गरेका थिए ।
बिहीबार सेयर बजार १.२९ अंकले बढेर १५६२.४६ अंकमा बन्द भएको छ । बुधबार १ अर्ब ४९ करोड रुपैयाँ धेरेको कारोबार भएकोमा बिहीबार १ अर्ब ४२ करोडमा सिमिति भएको छ ।दिनभर २३ हजार ८९ कारोबारबाट १९६ कम्पनीका ४९ लाख ९४ हजार ३ सय ६७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ भएको छ ।
नेप्सेमा कारोबार हुने बैंकिङ उपसमूह १.९ अंकले बढेको छ भने व्यापार ३।१९ अंकले बढेको छ । म्युचुअल फण्ड र अन्यमा रहेका कम्पनीहरु पनि झिनो अंकले बढेका छन् । अरु सबै उपसमूहहरु ओरालो लागेका छन् । होटल १५ अंक भन्दा माथिले ओरालो लागेको छ भने विकास बैंक ११ अंक, निर्जिवन बीमा कम्पनी २४।४२ अंकm उत्पादनमूलक २९.५५, लघुवित्त १.६ र जीवन बीमा १६.८ अंकले घटेका छन ।
नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि सेयर बजार स्थिर देखिएको हो । पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै लगानीकर्ताहरुले बजार बढ्ने अपेक्षा गरेका थिए, तर साताको अन्तिम दिन बिहीबार बजार खासै तलमाथि देखिएन । दिनभर तीव्र उतारचढाव भएको बजार अन्तिममा झिनो अंकले बढेर बन्द भयो ।