भारतमा घट्न थाले कोरोना संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा भेटिए जुलाईयताकै सबैभन्दा कम संक्रमित « Arthapath.com
४ कार्तिक २०७७, मंगलवार

भारतमा घट्न थाले कोरोना संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा भेटिए जुलाईयताकै सबैभन्दा कम संक्रमित



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएके कोरोना संक्रमितको संख्या छिमेकि मुलुक भारतमा घट्न थालेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा गत जुलाई २३ यताकै सबैभन्दा कम नयाँ संक्रमित फेला परेका छन् ।मंगलबार भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९१ नयाँ संक्रमित फेला परेका छन् । यो संख्या गत जुलाई २३ यताकै कम हो ।

यसअघि गत जुलाई २३ मा ४५ हजार ७२० नयाँ संक्रमित फेला परेका थिए । त्यस्तै गत सेप्टेम्बर १७ मा सबैभन्दा बढी करिब ९८ हजार नयाँ संक्रमित फेला परेका थिए । तर, त्यसयता भने निरन्तर नयाँ संक्रमित संख्यामा कमी आइरहेको छ । अहिलेसम्म भारतमा कोरोनाका ७५ लाख ९७ हजार ६४ संक्रमित भेटिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख १५ हजार १९७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ५८७ जनाको मृत्यु भएको हो । अघिल्लो २४ घण्टामा भारतमा ५७९ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्