सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण « Arthapath.com
१२ असार २०८३, शुक्रबार

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि आवश्यक उद्धार सामग्री हस्तान्तरण गरेको छ।

असार १२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई उद्धार सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका उच्च पदस्थ अधिकारीहरू, कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाईं तथा बालाजु शाखा प्रमुख मदन खतिवडालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ठाडा मगरले प्राप्त सामग्रीले विपद् उद्धार टोलीको कार्यक्षमता अभिवृद्धि गर्न तथा कठिन परिस्थितिमा नागरिकको ज्यान बचाउने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले विपद् व्यवस्थापनमा सहयोग पुर्‍याएकोमा कम्पनीप्रति धन्यवाद पनि व्यक्त गरे।

त्यसैगरी कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सशस्त्र प्रहरी बलले देशको विपद् व्यवस्थापन तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको बताए। उनले विपद्पछिको राहतमा मात्र होइन, पूर्वतयारी र आपतकालीन जोखिम व्यवस्थापनमा समेत योगदान पुर्‍याउने उद्देश्यले उद्धार सामग्री उपलब्ध गराइएको बताए।

हाल सन नेपाल लाइफले देशभर १५० शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले शिक्षा, स्वास्थ्य तथा जोखिम व्यवस्थापनका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्