छोराको कुटाइबाट आमाको ज्यान गयो « Arthapath.com
१६ कार्तिक २०७७, आईतवार

छोराको कुटाइबाट आमाको ज्यान गयो



काठमाडौं । सिरहाका एक जना स्थानीय युवाले आपनै आमाको हत्या गरेका छन । सिरहा कर्जन्हा नगरपालिका ३ निवासी ९० वर्षीया सुदामा देवी साहलाई उनको कान्छो छोरा रामअवतार साहले बोक्सीको आरोपमा कुटपिट गरी ज्यान लिएको प्रहरीले जानकारी दिएको छ ।

आफनी श्रीमती मनिषाको खुट्टामा घाउ र घाउ लामो समयसम्म निको नभएपछि आमाले नै बोक्सी लगाएर घाउ बनाएको आरोप उनले छोराले लगाएका छन । उनले यो आरोप मात्रै लगाएनन्, निर्घात कुटपिट गर्दै दिसा खुवाउने प्रयाससमेत गरेको प्रहरीले जनाएको छ ।उनलाई प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएको छ ।

सुदामाका दुई छोराहरुमध्ये दुवै अलग्गिएपछि आमा एक्लै बस्दै आएकी थिइन् । गत बुधबार कान्छो छोरा रामअवतारको कुटाइबाट सुदामा घाइते भएकि थिईन ।


प्रतिक्रिया दिनुहोस्