ऋणपत्र निष्काशनका लागि कामना सेवा बैंकले बोर्डमा आवेदन दियो « Arthapath.com
१९ कार्तिक २०७७, बुधबार

ऋणपत्र निष्काशनका लागि कामना सेवा बैंकले बोर्डमा आवेदन दियो



काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले कार्तिक १४ गते बोर्डमा आवेदन दिएको हो ।

बैंकले १ हजार अंकित दरका १० लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो ।

जसमध्ये ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने र ६० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ ।

१० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ९ दशमलव ५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । बैंकको ऋणपत्र निष्काशनमा एनआईबिएल एस क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्