सरकारको निर्देशनपछी बिमक संघ तात्यो, २३ सय जना कोरोनाका बिमितले एक सातामै भुक्तानी पाउने « Arthapath.com
१९ कार्तिक २०७७, बुधबार

सरकारको निर्देशनपछी बिमक संघ तात्यो, २३ सय जना कोरोनाका बिमितले एक सातामै भुक्तानी पाउने



काठमाडौं । सरकारले कोरोना बीमा गरेका बिमितको भुक्तानी नरोक्न गरेको आग्रह बमोजिम नेपाल बिमक संघले एक साताभित्रै भुक्तानी दिइसक्ने जनाएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले बीमा समितिका पदाधीकारी, बीमक संघ र अर्थसचिवसमेतलाई राखी तत्काल १ साताभित्र दावी भुक्तानी गर्न आग्रह गरेपछि बीमक संघले २३ सय ओटा आवेदन परेकोमा १ साताभित्र सबै छानविन गरी संबन्धीत कम्पनीहरुमा पठाइने बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डेले बताए ।

कोरोना बीमाको पुल म्यानेजरको रुपमा काम गरिरहेको शिखर इन्स्योरेन्समा सबै फाइलहरु थन्किएका छन । कोरोनाको ५० हजार र एक लाखको बीमा गर्ने बीमितले दावी पाएका छैनन । अवको एक सातामै दावी परेको २३ सय फाइल को छानविन गरी भुक्तानी दिइने बीमक संघले जनाएको छ ।

दावी परेका मध्ये अधिकांशको आंशिक मात्रै कागजात प्राप्त भएकोले सम्पूर्ण कागजात पुरा दिन बीमक संघले जनाएको छ । हालसम्म आवश्यक कागजात पूरै बुझाएहरुको संख्या २ हजार ३०० छ भने अन्यको अन्य बीमा दावीको कागजात अपुरो रहेकोले जतिसक्दो चाँडो बुझाउन पनि बीमक संघका सचिव चंकी क्षेत्रीले बताए ।

बीमक संघका अनुसार कागजात पूरा भएका दुई हजार ३०० जना बीमितलाई आगामी एक साताभित्रैमा दावी भुक्तानी दिइने जनाएको छ । कोरोना बीमामाथि २० हजार भन्दा बढिको बीमा दावी परेको छ । सो मध्ये करिब १० हजार सरकारी कर्मचारी, सुरक्षाकर्मीहरु रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्