सिटिजन्स बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने « Arthapath.com
२४ कार्तिक २०७७, सोमबार

सिटिजन्स बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले संगम स्विटस् मा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले संगम स्विटस्का काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखा बाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् । नजिकिदंै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरु लाभान्वित हुने, विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdrawसेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झण्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्