२६ जनाको मृत्यु, २५६९ जना थपिएसंगै कोरोना संक्रमित २ लाख नाघे « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

२६ जनाको मृत्यु, २५६९ जना थपिएसंगै कोरोना संक्रमित २ लाख नाघे



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन् ।

नेपालमा हाल ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा २६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या ११७४ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ७६, ललितपुरमा २ सय ४ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्