चेक बाउन्स मुद्धामा सुन्दर यातायातका अध्यक्ष थापा पक्राउ « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

चेक बाउन्स मुद्धामा सुन्दर यातायातका अध्यक्ष थापा पक्राउ



काठमाडौं । सुन्दर यातायातका अध्यक्ष थापालाई प्रहरीले पक्राउ गरेको छ । चेक बाउन्सको मुद्दामा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन् ।

थापालाई बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीविरूद्ध एक महिना अगाडि झविन्द्रप्रसाद बञ्जाडेले उजुरी दिएका थिए ।

सञ्चालकलाई १ करोडको चेक बाउन्स गरेको मुद्धामा बुधबार कालिमाटीबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।


प्रतिक्रिया दिनुहोस्