थप १४४२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या घट्दै, २८,८७८ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।
आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन् । आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार २५९ जना संक्रमितको मृत्यु भइसकेको छ । देशभर आज ६७३१ जनाको पिसिआर परीक्षण भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२२ , ललितपुरमा १६८ र भक्तपुरमा ४८ जनालाई कोरोना संक्रमण देखिएको छ ।