चन्द्रागिरी हिल्सले १८ करोड ४० आईपीओ निष्काशन गर्ने « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

चन्द्रागिरी हिल्सले १८ करोड ४० आईपीओ निष्काशन गर्ने



काठमाडौं । चन्द्रागिरी हिल्सलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न कार्तिक २८ गते अनुमति दिएको हो ।

बोर्डले स्थानिय र सर्वसाधारणको लागि १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन कम्पनीलाई अनुमति दिएको छ । यो जारी पूँजीको १२ प्रतिशत हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई रहेको छ । आइपीओे निष्काशनका लागि अनुमति माग्दै कम्पनी जेठ २५ गते बोर्ड पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्