महुली लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त « Arthapath.com
९ मंसिर २०७७, मंगलवार

महुली लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा गंगाधर पाण्डे नियुक्त भएका छन् । नवकिरण लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्था एकीकृत भई बनेको महुलीको सिइओमा पाण्डे नियुक्त भएका हुन् । यसअघि पाण्डे नवकिरण लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

 महुली लघुवित्त वित्तीय संस्थाले नवकिरण लघुवित्त वित्तीय संस्था गाभेपछि एकीकृत कारोबार सुरु गरेको छ । महुली लघुवित्तले नवकिरण लघुवित्तलाई गाभेपछि महुली लघुवित्त वित्तीय संस्थाको नामबाट मंसीर ८ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो ।

महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्थाले मर्जरमा जानको लागि नेपाल राष्ट्र बैंंकले अन्तिम स्वीकृती दिएको थियो । गत भादै ९ गते महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्था आपसमा मर्जर सम्बन्धि निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्