२० प्रतिशत लाभांश दिने एनएमबि लघुवित्तको प्रस्ताव « Arthapath.com
१० मंसिर २०७७, बुधबार

२० प्रतिशत लाभांश दिने एनएमबि लघुवित्तको प्रस्ताव



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई कुल २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी १ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्