सुनको मूल्यमा निरन्तर गिरावट दुई दिनामा २८ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१० मंसिर २०७७, बुधबार

सुनको मूल्यमा निरन्तर गिरावट दुई दिनामा २८ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । मंगलबार र बुधबार गरि छापावाल सुनको मूल्यमा २८ सय रुपैयाँले घटेको छ । मंगलबार १८ सय र बुधबार १ हजार गरि २८ सय रुपैयाँले घटेको हो ।

बुधबार सुन र चाँदीको मूल्यमा गरिवाट आएको छ । ंबुधबार छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन बुधबार तोलामा १ हजार रुपैयाँले नै घटेर ९१ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य बुधबार ५ रुपैयाँले घटेको छ । चाँदी बुधबार तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, मंगलबार छापावाला सुनको मुल्यमा १ हजार ८ सयले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी पनि प्रतितोला ३० रुपैयाँ घटेको १ हजार १८० रुपैयाँमा किनबेच भएको थियो ।

सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको थियो । आइतबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्