निरन्तर दुई दिन घटेको सुनचाँदीको मूल्य बिहीबार स्थिर, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
११ मंसिर २०७७, बिहीबार

निरन्तर दुई दिन घटेको सुनचाँदीको मूल्य बिहीबार स्थिर, कतिमा हुँदै छ कारोबार ?



काठामाडौं । बिहीबार सुनचाँदीको मूल्यमा स्थिर रहेका छ । मंगलबार र बुधबार निरन्तर घटेको सुनको मूल्य आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ । यसैगरी बिहीबार चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । यस साता चाँदीको भाउ लगातार ओरालो लागेको हो ।

ंबुधबार छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन बुधबार तोलामा १ हजार रुपैयाँले नै घटेर ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य बुधबार ५ रुपैयाँले घटेर बुधबार तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार थियो ।

त्यस्तै, मंगलबार छापावाला सुनको मुल्यमा १ हजार ८ सयले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी पनि प्रतितोला ३० रुपैयाँ घटेको १ हजार १८० रुपैयाँमा किनबेच भएको थियो ।

सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको थियो । आइतबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्