युनाईटेड इदी–मर्दीको आईपिओ बाँडफाँड आगामी साता « Arthapath.com
१२ मंसिर २०७७, शुक्रबार

युनाईटेड इदी–मर्दीको आईपिओ बाँडफाँड आगामी साता



काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावरको आईपीओ आगामी आईतबार बाँडफाँड हुने भएको छ । कम्पनीले निष्काशन गरेको आईपिओको आज प्रि–अलोटमेण्ट सम्पन्न भएको जनाएको छ । आईपीओमा मागभन्दा १२ गुणा बढी आवेदन परेको छ । यही मंसिर ३ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि ८ लाख १२ हजार ७३६ कित्ता शेयर विक्री खुला गरेको थियो ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज आईपिओ बाँडफाँड सम्बन्धी प्रस्ताव पारित गरेको जनाउँदै आईपिओ बाँडफाँड आईतबार गरिने जनाएको हो । कम्पनीले माग भन्दा बढि आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट आईपिओ बाँडफाँड गर्ने प्रस्ताव गरी धितोपत्र बोर्डमा अनुमतिको लागि पठाएको छ ।


प्रतिक्रिया दिनुहोस्