लगातार सुनको मूल्य घट्दै, दुई दिनमा १३ सयले गिरावट,कतिमा हुँदै छ कारोबार? « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

लगातार सुनको मूल्य घट्दै, दुई दिनमा १३ सयले गिरावट,कतिमा हुँदै छ कारोबार?



काठमाडौं । सोमबार सुनको मूल्य ७ सयले घटेर तोलाको ९० हजार रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ६५० रुपैयाँले घटेर ८९ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै सोमबार चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतितोला ११२० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेर तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्