प्रि-ओपनिङ्गमै नेप्सेले २ हजार बिन्दु छोयो « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

प्रि-ओपनिङ्गमै नेप्सेले २ हजार बिन्दु छोयो



काठमाडौं । सोमबार शेयर बजार परिसूचक मापक नेप्से ३१.७३ अंकले बढेर २ हजार बिन्दुमा पुगेको छ । शेयर बजार परिसूचक मापक नेप्सेको ऐतिहासिक उच्च बिन्दु कायम गरेको हो । प्रि ओपनिङ्ग सेसनमा नै यसअघिका सबै बिन्दु तोडिएको हो ।

यसअघि २०७३ साउन १२ गते नेप्से १८८१ बिन्दुमा पुग्दै हालसम्मकै उच्च बिन्दुमा पुगेकोमा मंसिर यता भएको नेप्सेको वृद्धिले सबै पुराना रेकर्ड तोडिएका छन् ।

सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १.६१ प्रतिशत अर्थात ३१.७३ अंकले बढेर २ हजार अंकमा पुगेको हो । आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ५१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।


प्रतिक्रिया दिनुहोस्