अरुण भ्यालीको बार्षिक साधारण सभा पुस ८ गते, यस्ता छन् एजेण्डा « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

अरुण भ्यालीको बार्षिक साधारण सभा पुस ८ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २३ औं वार्षिक साधारण सभा पुस ८ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय ट्रेड टावर, थापाथली काठमाडौंमा जुम मार्फत बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

अरुण भ्यालि जलविद्युत कम्पनीले सेयरधनीलाई ५ प्रतिसत बोनस सेयर दिने बताएको छ । कम्पनीको आव २०७६÷०७७ को नाफाबाट ५ प्रतिसत बोनस सेयर र कर समायोजनको लागी ०.२६३ प्रतिसत नगद लाभांस प्रश्ताप पारित गरेको छ । कम्पनीले सेयरधनीलाई १ः०.५ प्रतिसत कहप्रद सेयर दिने बताएको छ । कम्पनीको आइतबार बसेको संचालक समिति बैठकले साधारणसभाबाट पारित भएपछि बोनस तथा हकप्रद जारी गर्ने जनाएको छ ।

यस्तै, २१ औं वार्षिक साधारण सभाबाट पारित १ः१ अनुपातमा हकप्रद सेयरमध्ये प्रथम चरणमा काबेली बी–१ क्यास्केड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक स्वपुँजी जुटाउन प्रस्तावित बोनसपछि कायम हुने पुँजीबाट ५० प्रतिशत हकप्रद जारी गर्ने एजेन्डा रहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

सभा प्रयोजनको लागि कम्पनीले मंसिर २६ गतेबाट पुस २ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २५ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश र सभामा सहभागी हुन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्