सानिमा माई हाइड्रोले १५ प्रतिशत लाभांश घोषणा « Arthapath.com
१६ मंसिर २०७७, मंगलवार

सानिमा माई हाइड्रोले १५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । सानिमा माई हाइड्रोले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्त पूँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । कम्पनीले पुस २३ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक्क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्