चिलिमेले २० प्रतिशत लाभांश दिने « Arthapath.com
१६ मंसिर २०७७, मंगलवार

चिलिमेले २० प्रतिशत लाभांश दिने



काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । कम्पनीले पुस १२ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २९ देखि पुस १२ गतेसम्म बुक्क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।


प्रतिक्रिया दिनुहोस्