वोमी लघुवित्तद्वारा बम्पर बोनस सेयर प्रस्ताव « Arthapath.com
१७ मंसिर २०७७, बुधबार

वोमी लघुवित्तद्वारा बम्पर बोनस सेयर प्रस्ताव



काठमाडौं । वोमी लघुवित्तले बम्पर बोनस सेयर दिने प्रस्ताव गरेको छ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/०७७ का लागि सेयरधनीहरुलाई बम्पर बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने बोनस सेयर वितरण प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी २७ करोड ७८ लाख ४८ हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ३३ लाख ५४ हजार ४०० रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि संस्थाको आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गरिने बैठकले निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्