कैलालीमा प्रहरी हत्या प्रकरण : ८ जनालाई कारागार चलान गरियो « Arthapath.com
१७ मंसिर २०७७, बुधबार

कैलालीमा प्रहरी हत्या प्रकरण : ८ जनालाई कारागार चलान गरियो



काठमाडौं । कैलालीको धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जनालाई कारागार चलान गरिएको छ ।

मंगलबार जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारि दिएको छ ।

गएको कात्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्टका जुगेडामा इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद बेपत्ता भएका थिए।

कात्तिक २ गते विकको र दुई दिनपछि साउदको हत्या गरेकै अवस्थामा नेपाल(भारत सीमा भएर बग्ने मोहन नदीमा शव फेला परेको थियो ।

प्रहरी हत्यामा संलग्न धनगढी १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीयय चोर भनिने सुरेश रानालाई प्रहरीले पक्राउ गरेको थियो ।

घटनामा संलग्न २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल रानालाई पनि पक्राउ गरेको थियो ।

पक्राउ परेको सबैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।


प्रतिक्रिया दिनुहोस्