एनआइसी एशियाको डाइनामिक डेब्ट फण्डमा मागभन्दा बढि आवेदन « Arthapath.com
१७ मंसिर २०७७, बुधबार

एनआइसी एशियाको डाइनामिक डेब्ट फण्डमा मागभन्दा बढि आवेदन



काठमाडौं । एनआईसी एशिया बैं कोष प्रबद्र्धक रहेको एनआईसी एशिया म्युचअल फण्ड अन्तर्गत डाइनामिक डेब्ट फण्डको इकाईमा आवेदन दिने समय मंगलबार सकिएको छ । उक्त फण्ड एण्ड डेब्टमा ६५ करोड ३८ लाख ४१ हजार ४ सय रुपैयाँ बराबरको आवेदन परेको योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । उक्त योजनामा ८० हजार ४ सय ९ जनाले ६ करोड ५३ लाख ८४ हजार १ सय ४० इकाइका लागि आवेदन दिएको क्यापिटलले जनाएको छ ।

एनआईसी एशिया क्यापिटलले मंसिर १२ गतेदेखि डाइनामिक डेब्ट फण्डको नाममा प्रति इकाई १० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री खुल्ला गरेको थियो । जसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई १ करोड २५ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको हो ।

त्यसैगरी, खुल्लामुखी योजनाको यो म्युचुअल फन्डमा पर्याप्त आवेदन परेकाले छिट्टै आवेदन बन्द गरिएको क्यापिटलले जनाएको छ । नेपालको शेयर बजारमा यो दोस्रो खुल्लामुखी योजना हो ।


प्रतिक्रिया दिनुहोस्