नेप्सेमा दोहोरो अंकको गिरावट, लगानीकर्ता लघुवित्तमा झुम्मिए

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) साताको अन्तिम दिन दोहोरो अंकले घटेको छ । नेप्से बैंकिङ क्षेत्रहरु, होटल समूह, इन्स्योरेन्स समूह, ट्रेडिङ समूहमा गिरावट आएको छ भने हाइड्रो पावर र माइक्रो फाइनान्स समूहमा क्रमशः १०.०६ र ३०.८ अंकले बढेको छ ।
बिहीबार ८ अर्ब भन्दा बढि कारोबार भएको नेप्सेमा निराशा भने छाएको छैन । आज ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँको कारोबार भएको छ । आज नेप्से सूचक २०५५.४५ अंकमा आएर बन्द भएको हो । समग्रमा नेप्से १५.०७ अंकले गिरावट आएको छ । सबैभन्दा बढि नेपाल पुनर्बिमा कम्पनीको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्सको कारोबार दोस्रो र तेस्रोमा भएको छ ।
प्रि–ओपनिङमा १९.७७ अंकले बढेको बजारमा लगानीकर्ताहरु प्रोफिट बुक गर्न लागेकाले बजार घटेको हो । बुधबार ७०.६२ अंक बढेर २०७१.०२ विन्दुमा पुगेर बन्द भएको थियो । प्रि–ओपन सेसनमा १९.७७ अंक बढेर २०९०.८० विन्दुमा पुगेको बजार लगानीकर्ता बेच्नरित झुम्मिएपछि बजारमा गिरावट आएको एक लगानीकर्ताले बताए । बिहीबार २ सय वटा कम्पनीको नेप्सेमा कारोबार भएको छ ।