विहानै जीप दुर्घटना हुँदा एकै परिवारका ३ गरी ४ जनाको मृत्यु

काठमाडौं । डोटीमा आइतबार बिहान जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दिपालयबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्वरको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको हो । साँघु्रो सडकबाट करिब २ सय मिटर तल खसेर जीप दुर्घटनामा परेको थियो ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा भन्ने स्थानमा जीप दुर्घटनामा परेको हो । घट्नामा स्थानीय वडासचिव मञ्जु त्रिपाठी, उनकी सासु, एक बालक र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ का कृषि प्राविधिक हरिनारायण भट्टको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र जिप चालक कैलाश बम घाइते भएका छन् ।