इन्फिनिटी लघुवित्तले १५ प्रतिशत लाभांश दिने « Arthapath.com
२१ मंसिर २०७७, आईतवार

इन्फिनिटी लघुवित्तले १५ प्रतिशत लाभांश दिने



काठमाडौं । इन्फिनिटी लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । संस्थाको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

संस्थाले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुने छ ।


प्रतिक्रिया दिनुहोस्