एक्सेल डेभलपमेन्ट बैंकको शेयर लिलामीमा « Arthapath.com
२१ मंसिर २०७७, आईतवार

एक्सेल डेभलपमेन्ट बैंकको शेयर लिलामीमा



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको २ कम्पनीको शेयर आइतबारबाट लिलाम बिक्री खुला गरेको छ । बैंकले आरएमडिसी लघुवित्त वित्तिय संस्थाको २५ हजार ५ सय २० कित्ता र ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाको ३० हजार कित्ता संस्थापक समूहको शेयरहरू लिलामीमा बिक्री खुला गरेको हो ।

आरएमडिसी लघुवित्त वित्तिय संस्थाको ४८५ रुपैयाँ र ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाको २६९ रुपैयाँ मूल्य तोकिएको छ । लगानीकर्ताले मंसिर २१ गतेदेखि पौष ५ गते आइतबारसम्म बोलपत्र पेश गर्न सक्ने छन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्