लगानीकर्ताको राष्ट्र बैंकलाइ शेयर मार्जिन कर्जा ७० प्रतिशत नै कायम गर्न आग्रह « Arthapath.com
२६ असार २०८२, बिहीबार

लगानीकर्ताको राष्ट्र बैंकलाइ शेयर मार्जिन कर्जा ७० प्रतिशत नै कायम गर्न आग्रह



काठमाडौं । लगानीकर्ताहरुको सङ्गठनका प्रतिनिधिहरूले शेयर धितो कर्जाको सीमा परिवर्तन नगर्न माग गर्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समुहका प्रतिनिधिहरूले संयुक्त रुपमा राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको बुँदा नं ६८ मा शेयर कर्जा पुनरावलोकन गरिने छ भन्ने वाक्यांश राखेको र यसले लगानीकर्ताहरू अत्यन्त मर्माहत र चिन्तित भएका ज्ञापन पत्रमा उल्लेख छ ।

लगानीकर्ता, नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड जस्ता सरोकारवाला पक्ष बिचको वारम्वारको छलफलको निचोडको रूपमा कार्यान्वयनमा आएको ७० प्रतिशत मार्जिन कर्जालाई अकस्मात् परिवर्तन गर्न खोज्नु भनेको पुँजीबजारलाई अस्थिर बनाउन राष्ट्र बैंक स्वयं नै लागिपरेको र गलत प्रभावमा परेर हतारको रूपमा गरिएको निर्णयको रूपमा लिइएको उनीहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्