लगतार घट्दै सुनको मूल्य, कति हुँदै छ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य १ सयले घटेर प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य ९२ हजार १५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार चाँदी ५ रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आइतबार सुनको मूल्य २ सय रुपैयाँले घटेर तोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य ६५० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।
गत, शुत्रबार छापावाल सुनको मूल्य ३ सयले बढेर प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य ९२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।