अपि पावरको १३ लाख ४६ हजार कित्ता सेयर लिलामीमा « Arthapath.com
२२ मंसिर २०७७, सोमबार

अपि पावरको १३ लाख ४६ हजार कित्ता सेयर लिलामीमा



काठमाडौं । अपि पावरले बिक्री खुला गरेको ४७ प्रतिशत हकप्रद सेयर हिजो मंसिर २१ गते बाँडफाँट भएको छ । यस कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ४३ लाख २३ हजार ७८२ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा १३ लाख ४६ हजार २१८ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर अपिले अब लिलामीमा ल्याउनेछ ।

यस कम्पनीले कात्तिक १४ देखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल यसको चुक्ता पुँजी १ अर्ब ९ करोड ७ लाख रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी १ अर्ब ७५ करोड भन्दा धेरै हुनेछ ।


प्रतिक्रिया दिनुहोस्