सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८,८४८.८६ मिटर « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८,८४८.८६ मिटर



काठमाडौं । विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ मिटर ८८४८.८६कायम भएको छ । सो कुराको जानकारी आज नेपाल र चीनले भर्चुयल माध्यमबट एक पत्रकार सम्मेलन मार्फत संयुक्त रुपमा सार्वजनिक गरिएको हो ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाएका छन् । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार सार्वजनिक गरिएको हो ।

निजामती कर्मचारीको टोलीले शिखरमा पुगेर तथा फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्कलाई प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गरिको हो ।


प्रतिक्रिया दिनुहोस्