मंगलबार ९.०४ अंकले घट्यो नेप्से, ५ अर्व ७१ करोडको कारोवार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से ९.०४ अंकले घटेको छ । कारोवारको सुरुवातमा केही हरियाली छाएको सेयर बजार अन्त्यमा केही घटेर बन्द भयो । आज दिनभरि सेयर बजार उतार चढाव हुँदै मंगलबार नेप्से १९९५.३५ अंकमा बन्द भएको छ ।
मंगलवार कारोबार बन्द हुने समयसम्म २ सय २ कम्पनीले कारोबार गरेका छन् । मंगलबार ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार रुपैयाँभन्दा बढिको कारोबार भएको छ । मंगलबार हाइड्रोपावर समूह र मुचुअल फण्डमा हरीयाली छाएको छ भने बाँकी सबै समुहमा राताम्मे बनेको थियो ।
मंगलबार सबैभन्दा बढी लाईफ इन्स्योरेन्स समुहका लगानीकर्ताहरुले १२०.६६ अंकले गुमाएका छन । त्यस्तै माइक्रो फाइनान्स समुहमा ३.७१ अंकले मात्रै घटेको छ ।