नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेपाल फाइनान्स कम्पनीले निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फाइनान्सले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका १६ लाख ९७ हजार ५ सय ६.२५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि कात्तिक ६ गते बिहीबार एक दिनका लागि बुक क्लोज गरेको थियो । कार्तिक ५ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।