फर्स्ट माइक्रोफाइनान्स १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्दै « Arthapath.com
२५ मंसिर २०७७, बिहीबार

फर्स्ट माइक्रोफाइनान्स १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्दै



काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको १ लाख ५० हजार कित्ता शेयर लिलाम बिक्री गर्ने भएको छ ।

सो शेयर खरिदका लागि मंसिर २८ गतेदेखि पुस १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य २९५ रुपैयाँ तोकिएको छ । त्यसैले, बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १५ हजार कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ । लघुवित्तको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्