यस साता १५ सयले बढेको सुन १९ सयले घट्यो, शुक्रबार स्थिर, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
२६ मंसिर २०७७, शुक्रबार

यस साता १५ सयले बढेको सुन १९ सयले घट्यो, शुक्रबार स्थिर, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । यस साता सुनको मूल्यमा १९ सय रुपैयाँले घटेको छ । आइतबार, सोमबार, बुधबार र बिहीबार गरि ४ दिन १९ सय रुपैयाँले सुनको मूल्य घटेको छ । त्यस्तै यस साता एक दिन मंगलबार १५ सय रुपैयाँले सुनको मूल्य घटेको छ । त्यस्तै शुक्रबार एक दिन सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाल सुनको तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा १२०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बिहीबार छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर ९२ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । विहीबार तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य १५ रुपैयाले घटेर तोलामा १२ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार छापावाला सुनको मुल्य तोलामा ७ सयले घटेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको मुल्य प्रतितोला ७ सय घटेर ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार सुनको मूल्य १५ सयले बढेर तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १५ सयले बढेर ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १२३५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार सुनको मूल्य १ सयले घटेर प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य ९२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदी ५ रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार सुनको मूल्य २ सय रुपैयाँले घटेर तोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य ६५० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्