नेप्सेमा अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन « Arthapath.com
२६ मंसिर २०७७, शुक्रबार

नेप्सेमा अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २३४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २४६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको २३ औं वार्षिक साधारण सभा पौष ८ गते ट्रेड टावर थापाथलीमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने छ ।सभामा आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने छ ।

यसका साथै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीने छ ।


प्रतिक्रिया दिनुहोस्