राष्ट्र बैंकले ६ अर्बको ट्रेजरी बिल बिक्री गर्ने « Arthapath.com
२९ मंसिर २०७७, सोमबार

राष्ट्र बैंकले ६ अर्बको ट्रेजरी बिल बिक्री गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैङ्कका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो । कूल रु चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । यस्तै २ अर्ब रूपैयाँको ट्रेजरी बिल ३६४ दिने अवधिको रहेको छ ।

सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ । बैङ्कले यसअघि मङ्सिर २२ गते १७ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्