चन्द्रागिरी हिल्सको आईपिओमा मागभन्दा दोब्बरको आवेदन, म्याद थप नहुने « Arthapath.com
२९ मंसिर २०७७, सोमबार

चन्द्रागिरी हिल्सको आईपिओमा मागभन्दा दोब्बरको आवेदन, म्याद थप नहुने



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा माग भन्दा झन्डै दोब्बरको आवेदन परेको छ । आइतबारसम्ममा १७ सय २८ आवेदकबाट ५ लाख ९३ हजार ३ सय ९० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । यो माग भन्दा १.९३ गुणा बढी हो ।

यद्यपि आयोजना प्रभावितलाई मात्र शेयर निष्काशन गरिएकोले तोकिएको क्षेत्रभन्दा बाहेककाले पनि आवेदन दिएको छ वा छैन, त्यो भने भेरिफाई गर्न बाँकि रहेको क्यापिटलले जनाएको छ । तर माग भन्दा बढीको आवेदन परिसकेकोले आवेदन दिने म्याद थप नहुने भएको हो । म्याद थप नहुने भएपछि आईपिओमा पुस १ गतेसम्म मात्र आवेदन दिन सकिने भएको हो ।


प्रतिक्रिया दिनुहोस्