सोमबार ५६.७२ अंकले बढेको नेप्सेमा ७ अर्ब २० करोड भन्दा बढिको कारोबार « Arthapath.com
२९ मंसिर २०७७, सोमबार

सोमबार ५६.७२ अंकले बढेको नेप्सेमा ७ अर्ब २० करोड भन्दा बढिको कारोबार



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ५६.७२ अंकले बढेको छ । साताको दोस्रो दिन नेप्सेमा लगानीकर्ताहरु हाईड्रो पावर समहू बाहेक सबै समूहमा धेरै रमाएका छन् । सोमबार नेप्से ५६.७२ अंकले बढेर २०६७.१७ अंकमा बन्द भएको छ ।

सोमबार बैंकिङ समूह २२.१ अंक, ब्यापार समूह १६१.७६ अंक, होटेल ३६.१६, बिकास बैंक ५६.५२, फाइनान्स समूह ३.३४, निर्जीबन बीमा समूह ३७९.१४ अंक, उत्पादन समूह १०६.०५, जीवन बीमा समूह १ अंकले बढेको छ भने सोमबार हाइड्रो पावर समूहका लगानीकर्ताले २१.१५ अंकले गुमाएका छन् ।

सोमबार ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । सोमबार कूल २०२ वटा कम्पनीको एक करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्