सुर्खेतका एकजना कोरोना संक्रमितको ज्यान गयो

काठमाडौं । सुर्खेत वीरेन्द्रनगरका थप एकजना कोरोना संक्रमित पुरुषको काठमाडौंमा ज्यान गएको छ ।
वीरेन्द्रनगर बस्ने ४९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो । उनको काठमाडौंस्थित ग्राण्डि अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
उनलाई मंसिर ८ गते कोरोना पुष्टि भएको थियो ।उनी होम आइसोलेशनमा बस्दै आएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि उनको श्वासप्रश्वासमा समस्या भएपछि मंसिर १४ गते एयर लिफ्टिङ मार्फत काठमाडौं र्पुयाइएको थियो ।२७ गते राती ११ बजे उनको ज्यान गएको हो ।