पौष १० बाट एकतर्फी रुपमा हल खोल्ने हल व्यवसायीको घोषणा « Arthapath.com
२९ मंसिर २०७७, सोमबार

पौष १० बाट एकतर्फी रुपमा हल खोल्ने हल व्यवसायीको घोषणा



काठमाडौं । नोभल कोरोना भाइरस कोभिड १९ संक्रमणका कारण देशमा लकडाउन भएसंगै चैत्रको ११ गतेबाट बन्द रहेका हलहरु पौषको १० गतेबाट एकतर्फी रुपमा खोल्ने घोषणा चलचित्र संघले गरेको छ ।

सोमबार काठमाडौंमा आज हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले पत्रकार सम्मेलनको आयोजना गर्दै बन्द रहेको ९ महिनापछि हल एकतफी खोल्ने घोषणा गरेका छन ।

चलचित्र संघको मागलाई सरकारले पटक पटक वेवास्ता गरेको भन्दै अब एकतफी हल खोल्नेसंघका अध्यक्ष मधुसुदन प्रधानले बताएका छन । त्यस्तै कार्यक्रममा बोल्दै संघका महासचिव अशोक शर्माले सकारसँग हामीले विगत ७ महिनादेखि माग राख्दै आएका छौ । हरेक पटकको भेटमा हामीलाई आश्वासन मात्र दिने काम भयो । अब बाध्य भएर हामी हल खोल्ने निर्णयमा पुगेका हौ उनले भने । विगत ९ महिना हल बन्द हुँदा हल व्यवसायीलाई २ अर्ब भन्दा बढी घाटा लागेको उनीहरुले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्