शिखर इन्स्योरेन्सले ल्यायो ‘शिखर अटो प्लस बीमा ’ पोलिसी « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

शिखर इन्स्योरेन्सले ल्यायो ‘शिखर अटो प्लस बीमा ’ पोलिसी



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘शिखर अटो प्लस बीमा’ पोलिसी बजारमा ल्याएको छ । सोमबार उपत्यकामा एक कार्यक्रम गर्दै शिखर इन्स्योरेन्सले आफ्नो ‘शिखर अटो प्लस बीमा ’ पोलिसी लन्च गरेको हो । कम्पनीले ल्याएको बीमा पोलिसीको लन्च कार्यक्रममा बोल्दै शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले दावी भुक्तानी गर्दा ह्रास कट्टी नहुने, ध्वस्त वा पूर्ण क्षति भएमा नयाँ मोटरले प्रतिस्थापन गर्न मिल्ने र दुर्घटना पछि मोटर मर्मत गर्न लाग्ने समय अवधिमा बीमितलाई यातायात खर्च दिने सुविधा रहेको बताए । त्यस्तै उक्त पोलीसीमा बीमा गरेको पुरानो गाडी सबै क्षति भए नयाँ गाडी लिन सकिने सुविधा रहेको पाण्डेले बताए । शिखर अटो प्लस इन्स्योरेन्सको सतप्रतिशत नेपाल पुर्नबीमा कम्पनीमा गरिएकोले नेपाली पैसा स्वदेशमै रहने भएकाले देशलाई नै फाइदा हुने उनले बताए ।

त्यस्तै शिखर इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले भोलीका दिनमा पनी शिखर इन्स्योरेन्सले यस्तै नयाँ पोलीसी ल्याउने बताए । “हामी अरु इन्स्योरेन्स कम्पनीलाई पनी नयाँ पोलीसी ल्यायर यहीँ बाटोमा डोर्याउछौ,विश्वास लिएर जाउँ शिखरले सधै विमाको शिखर बढाउँछ” उनले भने ।

त्यस्तै कार्यक्रमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले अब बीमाले थोरै रकम दियो भन्ने भ्रम हटाएर विश्सनीयता बढाउनु पर्ने बताए । हाल बीमाको दायरा बढेको र ग्राहस्त उत्पादनमा ३ प्रतिशत बीमा क्षेत्रले सहयोग गरेको उनले जनाए । उनले शिखरको यो बीमा पोलीसीले इन्स्योरेन्सको शिखर अझ उच्च हुने बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै हास्य कलाकार तथा शिखर इन्स्योरेन्सका ब्राण्ड एम्बेस्डर हरिवंश आचार्यले शिखरको अटो प्लस योजनाले शिखर इन्स्योरेन्स बीमा संघ र देशकै शिखर उच्च बनाउने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्