स्पर्स लघुवित्तले २०.५३ प्रतिशत लाभांश दिने « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

स्पर्स लघुवित्तले २०.५३ प्रतिशत लाभांश दिने



काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी ९ करोड ३७ लाखको १९.५० प्रतिशतको १ करोड ८२ लाख रुपैयाँको बोेनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजनको लागि १.०३ प्रतिशत अर्थात ९ लाख ६२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्