छ्याङदी हाइड्रोको ५.२६ प्रतिशत लाभांश घोषणा, ३० प्रतिशत हकप्रद बिक्री गर्ने « Arthapath.com
१ पुष २०७७, बुधबार

छ्याङदी हाइड्रोको ५.२६ प्रतिशत लाभांश घोषणा, ३० प्रतिशत हकप्रद बिक्री गर्ने



काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।

कम्पनीले पुस २७ गते सोमबार कम्पनीको सातौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि पुस १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले लाभांश वितरण गरे पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्