अझै लगानीको वातावरण बन्न सकेन : उद्योगपति विनोद चौधरी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेको बताए । उद्योगपति चौधरीले बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अर्थनीति बहसको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । उनले सरकारले निजी उद्योगी व्यवसायीलाई हेर्ने नकारात्मक सोचका कारण नेपालमा लगानीको वातावरण बन्न नसकेको बताए ।
नेपालमा लगानी लगाउन चाहने र नयाँ युवाहरु उद्यमशिल बन्न चाहना भएता पनि उपयुक्त वातावरण नहुँदा नेपालमा आर्थिक क्षेत्रका विकास हुन नसकेको उनको भनाई छ । उनले निजी औद्योगिक क्षेत्रको विकासका लागि ऐन कानुन नीति नियम बनाउने कानुनी निर्माताहरुको सोचमा सकारात्मक परिर्वतन नआएसम्म नेपालमा लगानीको सहज वातावरण बन्न नसक्ने बताए ।
उद्योगपति चौधरीले ४५ वर्ष लामो उद्योग क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै भने,‘ नेपालमा धेरै जस्तो कानुन औद्योगीक क्षेत्रको विकासका लागि बाधक बनेका छन् । उद्योगी व्यवसायीहरु प्रति नेपालमा कानुन बनाउने निर्माताहरुको हेर्ने दृष्टि नै गलत हुने हुँदा ऐन कानुन नीति नियमले उद्योगी व्यवसायीलाई बान्धने गरेका भएको छ । उनले भने, यदि देशमा लागनीको वातावरण बनाएर औद्योगी क्षेत्रको विकास गरी विदेशीयका युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्ने हो भने कानुन बनाउनु निर्माताहरुको सोचमा परिवर्तन ल्याउनु पर्छ ।
जुन उद्योगीले आफ्नो जीवनकाल उद्योगमा बितायो उ केही नजान्ने । तर, ऐन कानुन बनाउने उद्योगीलाई यसरी सोच्छन् कि उद्योगी केही जान्दैन । यसलाई केही थाहा हुँदैन भन्ने अहिलको मानसिकता अन्त्य नभए सम्म देशमा नयाँ नयाँ लगानीकर्ताको जन्म हुदैन । उनले भने, ‘देशमा कानुन कसरी बन्छ भन्ने सबैलाई थाहा छ । म आफैं दुई पटक कानुन बनाउने ठाउँमा पुगिसकेको छु । ‘नियन्त्रण गर्ने मासिकता र नकारात्मक सोच देशको आर्थिक विकास हुदैन । जबसम्म यस्ता सोचबाट मुक्ति पाइदैन तबसम्म मुलुकले आर्थिक रुपमा फड्को मार्न सक्दैन ।’
यसैगरी उनले ऐन कानुन निर्माताहरुमा पनि दक्षता हुनुपर्ने बताए । पुरानो सोचलाई परिवर्तन गर्ने पर्छ । उनले भने, आर्थिक क्षेत्रको विकासका लागि कानुनी सहजता हुनु आवश्यक छ । अन्य देशको कुरा गर्दा हाम्रो जस्तो कानुनी बाधाहरु छैन । उद्योगी व्यवसायलाई कानुनले बाधने भन्दा पनि सहजीकरण गरी दिए मात्र विदेशी वा स्वादेशी लागनी बढ्छ । हाम्रो देशमा सधै कानुनी अर्चन आइनै रहने हुने भने औद्योगी क्षेत्र विकासका जति कुरा गरेपनि हुने बाला छैन । उनले भने, ‘आफु उद्योग क्षेत्रमा लागेको ४५ वर्ष भइरहेको छ । तर, नेपालमा अझै कानुनी समस्या उस्तै छन्, । कानुनी बाधा अर्चनका बाजुत पनि २०४६ साल पछि निजी क्षेत्र आर्थिक विकासमा ठुलो परिवर्तन ल्याएको छ । विभिन्न क्षेत्रमा लगानी लगाएका छन् । पर्यटन, शिक्षा औषधीजन्य कृषि लगायतका क्षेत्रमा लगानी बढेको छ, । नेपालमा लगानी लगाउन सक्ने क्षेत्रहरु धेरै नै छन् । तर, सहज वातावरण बन्न सकेको छैन ।
उनले भने, ‘पछिल्लो समय नेपालीहरु पनि स्वदेशमै केही उद्यमशिल बन्न चाहान्छ । तर, उनीहरुलाई उद्यमशिल बन्ने उपयुक्त वातावरण सरकारले दिन सकेको छैन । नयाँ नयाँ प्रविधिसँग जोडिएर नेपाली युवाहरु उद्यमी बन्न तर्फ लागेका छन् । उनीहरुको प्रोत्साहनका लागि सरकारले केही भुमिका देखिदैन । राम्रो वातावरण नहुँदा धेरै युवाहरु निरास हुने परेको छ । उद्योगपति चौधरीले भने, धेरै भन्दा धेरै युवाहरुलाई उद्यमशिल बनाउन सरकारले युवाहरुलाई प्रशिक्षणका कक्षहरु सञ्चालन गर्नुपर्छ । कतिपय युवाहरु उद्यमी बन्न चाहेर पनि सहि दिशा निर्देशन गर्ने मान्छे नहुँदा अन्य क्षेत्र लाग्नु पर्ने बाध्यता छ । देशको आर्थिक विकास र स्वदेशमै रोजगारी सृजर्ना गर्न सरकारले युवा जनशक्तिलाई उद्यमशिलको प्रशिक्षण कार्याक्रम सञ्चालन पर्ने उनको भनाइ छ ।