श्रीराम सुगर मिल्सले शुरु गर्यो उखु किसानलाई भुक्तानी « Arthapath.com
३ पुष २०७७, शुक्रबार

श्रीराम सुगर मिल्सले शुरु गर्यो उखु किसानलाई भुक्तानी



काठमाडौं । श्रीराम सुगर मिल्स उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बांकी रहेको बक्यौता रकमका सम्बन्धमा पटक पटक सम्बन्धित निकायहरुमा छलफल गरी समस्या समाधानका उपायहरु अवलम्बन गर्ने तर्फ उद्योग व्यवधानका कारण उद्योगको माग बमोजिक समस्या समाधान हुन नसकेको व्यहोरा हामी सबैमा अवगत नै छ ।

यस उद्योगको स्थापनाकालदेखि नै उखु उत्पादक किसानहरुको अत्याधिक सहयोग र साथ पाउँदा पाउँदै पनि विभिन्न परिस्थितिका कारण उद्योग अत्याधिक नोक्सानीमा गई परिस्थितिबस उखु किसानहरुलाई भुक्तानी गर्न बिलम्ब भई पर्न गएको पीर मर्का तथा दुःख प्रति कम्पनीले पूनःक्षमा मागेको छ ।

यस उद्योगले भुक्तानी गर्न बांकी रहेको बक्यौता रकम भुक्तानीकालागि उद्योगको बैंक खातामा रकम जम्मा भई सकेको र भुक्तानीका लागि कारखाना स्थलमा सूचना टांस गरी सकेको अवगत गराउदै उक्त सूचना मिति पौष ३ गते शुक्रबारदेखि भुक्तानी चालु भइसकेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्